काठमाडौ : नेकपा भित्रको विवाद समाधानतर्फ उन्मुख भएको छ ।
केही दिनदेखि विवादको उत्कर्षमा पुगेको नेकपा भित्रका मध्यमार्गी नेताहरुको सुझावलाई अनुशरण गर्दै दुई अध्यक्षबीच गोप्य छलफल भए पछि पार्टी भित्र देखिएको कलहको अन्त्य हुने संकेत बालुवाटार श्रोतको छ । मध्यमार्गी नेताहरुले पार्टी विभाजन तर्फ गएकोप्रति सचेत हुँदै दुबै अध्यक्षलाई समाधानको खोज ीगर्न र न्यूनतम सहमतिमा पुगेर स्थायी समित बैठक राख्न आग्रह गरेका थिए ।
यदि दुई अध्यक्षबीच सहमति नभई बैठक बसेको खण्डमा ओलीको सहमतिविना निर्णय भए ओलीले नमान्ने र र अध्यक्ष प्रचण्डको अनुकुलमा छलफल नभएर प्रचण्डले नमान्ने अवस्था आएमा पार्टी विभाजनको बीजारोपण हुने मध्यमार्गी नेताहरुको धारणा छ । पार्टी फुट्नेमात्र होइन संविधान नै संकटमा पर्ने भएकाले जे निर्णय भए पनि यसपटक सहमतिकै आधारमा हुनुपर्ने जोड नेताहरूको पाइएको छ ।
यसैबीच आज नेकपाका दुई अध्यक्षहरु बीच एक्लाएक्लै छलफल भए पछि नेकपा भित्र छताछुल्ल भएको विवाद साम्य हुने संकेत मिलेको छ । छलफल पछि पत्रकारहरुसंग कुनै प्रतिक्रिया नदिएका अध्यक्ष प्रचण्ड वालुवाटारबाट निस्कदा भने प्रसन्न मुद्रामा निस्किएको श्रोतले जनाएको छ । दुवै अध्यक्षको छलफलपछि स्थायी कमिटीको बैठक बुधवारसम्मलाई स्थगित गरिएको छ ।यसअघि दुई अध्यक्षहरु बीचमा भएका छलफलमाथि तयारी हुने आशंका श्रोतको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले यस अघि आफू प्रधानमन्त्री र अध्यक्ष दुवै पद नछाड्ने चट्टानी अडान दोहो¥याईरहेका थिए । अर्का अध्यक्ष प्रचण्डले पनि प्रधानमन्त्री ओलीले पदबाट राजीनामा दिनुपर्ने अडान कायम राखेका थिए । दुई अध्यक्षबीच समझदारी नभई स्थायी कमिटी बैठक नराख्न मध्यमार्गी नेताहरूले पनि दबाब दिइरहेका थिए । दुबै अध्यक्षहरुले आफू निकटका मध्यमार्गी नेताहरुको सुझावलाई आत्मसात गर्दै छलफलमा जुटेको स्थायी समिति सदस्यहरुको भनाई छ ।