बार्सीलोनाको सानदार जित, उपाधि हात पार्ने आशा जीवितै

बार्सीलोनाको सानदार जित, उपाधि हात पार्ने आशा जीवितै

काठमाडौं – स्पेनिस ला लिगाको दोस्रो स्थानको बार्सिलोनाले भिल्लारियललाई पराजित गरेको छ । आइतबार राति भएको खेलमा बार्साले भिल्लारियललाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।

पाउ टोरेसको आत्मघाति गोलसंगै बार्सिलोनाले खेलको तेस्रो मिनेटमा अग्रता बनाएका थियो । भिल्लारियलका जेरार्ड मोरिनोले १३ औं मिनेटमा घरेलु टोलीका लागि बराबरी गोल फर्काएका थिए ।

लुईस स्वारेजले २० औं मिनेटमा पुन बार्सिलोनालाई अग्रता दिलाए । पहिलो हाफको अन्तिम मिनेटमा एन्टोनी ग्रिजम्यानले बार्सिलोनालाई ३–१ ले अघि बढाए ।

खेल सकिन चार मिनेट बाँकी छदाँ अंशु फातीले गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरेका थिए । जित हात पारेसँगै बार्सिलोनाले शीर्ष स्थानको रियल म्याड्सँगको दूरी चारमै कामय राखेको छ । बार्सिलोनाले जित हात पार्नु केहि घन्टाअघि रियलले एथ्लेटिक क्लबलाई पराजित गर्दा अंक दूरी सातमा पुगेको थियो ।

जितपछि बार्सिलोनाले ३४ खेलबाट ७३ अंक जोडेको छ भने रियलको ७७ अंक छ । लिगमा चार खेल बाँकी रहेको अवस्थामा बार्सिलोनाले उपाधि जित्न रियलले दुई खेलमा अंक गुमाउनु पर्नेछ भने बार्सिलोनाले सबै खेल जित्नु पर्नेछ ।

भिया रियलले कोरोनापछि सुरु भएको लिगमा पाँचमा जित र एकमा बराबरीको नतिजा निकालेको थियो । क्लब ५४ अंक सहित तालिकाको पाँचौ स्थानमा छ ।

सम्बन्धित खवर