लेखनाथ : पोखरा महानगरपालिका वडा नं. २९ पट्नेरीमा बागलुङको काठेखोला गाउँपालिका १ का २४ वर्षिय विपिन भण्डारी झुण्डीएको अवस्थामा फेला परेको कास्कीका प्रहरी नायव उपरिक्षक एवं कास्की प्रहरीका प्रवक्ता सुवास हमालले जानकारी दिनुभयो ।
पट्नेरीमा रविन केसीले संचालन गरेको सम्भावना कृषि एवं एग्रो फर्ममा काम गर्दै आएका थिए । बागलुङबाट आफन्त आउदै गरेको र आफन्त आएपछि थप प्रकृया अगाडी बढ्ने हमालले बताउनुभयो । घटनाको बारेमा थप अनुसन्धान भईरहेको हमालको भनाई रहेको छ ।
कोरोनाको कारण सरकारले आह्वान गरेको लकडाउन पछि आत्महत्याका घटनाहरु बढीरहेका छन् ।