आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईंदै

आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईंदै

पाेखरा : सोमबार देशभरका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभाग, पोषण शाखाले ६ महिनादेखि ५ वर्ष सम्मका बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन अनुरोध गरेको छ । आज खान छुटेका बालबालिकालाई भोलि खुवाइने शाखाले जनाएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि लकडाउन भएपछि गत वैशाख ६ र ७ गते तय गरिएको ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम गत चैत २१ गते स्थगित गरिएको थियो । मन्त्रालयले सो कार्यक्रम पुनः सञ्चालन गरेको हो । ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमसँगै जुकाको औषधि र बालभिटा पनि खुवाउने गरिन्छ ।

सम्बन्धित खवर