चितवनकाे अर्बिट स्कुलमा +२ को नयाँ रजिष्ट्रशन शुरु

चितवनकाे अर्बिट स्कुलमा +२ को नयाँ रजिष्ट्रशन शुरु

चितवन : भरतपुर ५ बिकाश चोक स्थित अर्बिट स्कुल ले यसै शैक्षिक सत्र २०७७ देखि +२ को पठनपाठन शुरु गर्ने भएको छ ।

संचालक समितिका अध्यक्ष्य दिपेन्द्रराज ढकालले बि. सं. २०६३ मा स्थापित अर्बिट स्कुल २०७३ देखि नयाँ व्यवस्थापन मा संचालन हुदै आएको र यसै वर्ष देखि विज्ञान र व्यवस्थापन संकाय मा कक्षा ११ संचालन गर्न लागेको बताउनु भयो ।

करिव ४ करोड लगानीमा तयार भैरहेको अति आधुनिक सुविधा सम्पन्न छुट्टै भवन निमार्ण सम्पन्न हुन लागि सकेको र उक्त भवन अन्तराष्ट्रिय मापदण्ड अनुरुपको अपाङ्ग मैत्री, अत्याधुनिक फर्निचर एवं ल्याब्रेरोटी, ई लाईब्रेरी, एसी जडित कक्षाकोठा तथा प्रयाप्त खेलकुद मैदानको सुविधा भएकोले हरेका विद्यार्थीको रोजाइमा अर्बिट स्कुलको +२ पर्ने कुरा अध्यक्ष ढकालले बताउनु भएको छ ।

कक्षा ११ को रजिष्ट्रेशन खुला गरिएको विद्यालयका प्राचार्य राम प्रसाद अधिकारी ले जानकारी गराउनु भयो ।
प्रदेशको नै उत्कृष्ट शैक्षिक केन्द्रको रुपमा विकास गरिने लक्ष्य राखिएको यस विद्यालय चितवन जिल्लाका ख्याती प्राप्त प्राध्यापकहरुको समूहले संचालन गरेकोे र वर्तमान अवस्थामा आम अभिभावक तथा विद्यार्थीहरुको सोच र रोजाइ बमोजिम समय सापेक्ष शिक्षा दिने जानकारी प्राचार्य अधिकारीले बताउनुभयो ।

सम्बन्धित खवर