राजमार्गमै फाेहाेरको डङ्गुर : नगरप्रमुख भन्छन प्राविधिक समस्या कारण फाेहाेर उठेन

राजमार्गमै फाेहाेरको डङ्गुर : नगरप्रमुख भन्छन प्राविधिक समस्या कारण फाेहाेर उठेन

 

कैलालीको घाेडाघाेडी नगरपालिका काे मुटु भनी चिनिने सुखड बजारमा नियमित फाेहाेर व्यवस्थापन नहुदा बजार क्षेत्र दुर्गन्धित बन्दै गएकाे छ । पर्यटकिय दृष्टिकोण पनि घाेडाघाेडी ताल विश्व रामसार सुचिकृत क्षेत्र नजिकै राजमार्ग मै फाेहाेरका डङगुरले पर्यटकिय क्षेत्रमा निकै ठुलाे असर गरकाे छ।

घाेडाघाेडी बासिकाे मुख्य किनमेल गर्ने मुख्य बजारकाे सडमै फाेहाेर व्यवस्थापन नहुदा विभिन्न राेगहरु फैलिन सक्ने व्यापारी हरु बताउछन। घाेडाघाेडी नगरपालिका मा जनप्रतिनिधि आएकाे झन्डै तीन बर्ष बित्न लागेसक्याे तर पनि फाेहाेर व्यवस्थापन ठाेस निर्णय गर्ने सकेको छैन।

अहिले फाेहाेर व्यवस्थापन गर्ने डम्पिङ साइड नि तयार हुन सकेकाे छैन । पर्यटकिय क्षेत्र घाेडाघाेडी ताल नजिकै सामुदायिक बनमा फाेहाेर थुपारिएकाे छ ।नगरप्रमुख ममता प्रसाद चाैधरी काे फाेहाेर लाई माेहाेर बनाउछु भन्ने चुनावी नारामै सिमित रहेकाे छ।

यता फाेहाेर व्यवस्थापन बिषय लिएर नगरप्रमुख चाैधरी लाई फाेहाेर किन उठेन भन्दा केही प्राबिधिक समस्या कारण फाेहाेर नउठेकाे हुन सक्ने घाेडाघाेडी नगरपालिका का नगरप्रमुख चाैधरीले बताए।

सम्बन्धित खवर