सञ्जय आचार्य
पोेखरा : समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत पोखरा महानगरपालीका वडा नम्बर ९ महेन्द्रपुल स्थित ९ नम्बर वडा समितीको पहलमा प्रहरी बिट निर्माण सम्पन्न भएको छ ।
स्थानीय साघुँमुख वातावरण मैत्री विकास उपभोक्ता समितीको सक्रियतामा सम्मपन्न उक्त निर्माण कार्यमा स्थानीय सामाजिक संघ संस्था, व्यवसायीहरू समेतको सहयोगमा महेन्द्रपुलको मुख्यचोकमा प्रहरी बिट निर्माण सम्पन्न भएको हो ।
साघुँमुख वातावरण मैत्री विकास उपभोक्ता समितिका अध्यक्ष ईन्द्रकमल मानन्धर र जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक जीबव कुमार श्रेष्ठ विशेष उपस्थितिमा आइतबार एक कार्यक्रमका विच प्रहरी बिट हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले उक्त प्रहरी बिटबाट नागरिकको शान्ति, सुरक्षा, अमनचयन कायम गर्ने कार्यमा सहयोग पुग्ने र अन्य काममा पनि अथक प्रयास गर्ने प्रतिवद्धता व्यक्त गर्दै समितिले गरेको सहयोगको उच्च मुल्याङकन गर्दै प्रसंशा पत्र समेत प्रदान गर्नुभएको थियो ।