पोखरा : सरकारी गाडीको ठक्करबाट पोखरामा मोटरसाइकल चालक घाइते भएका छन् । पोखराको राष्ट्र बैंकचोकमा आइतबार दिउँसो ३ बजे जिल्ला समन्वय समिति (जिसस), कास्कीको गाडीले पर्वतको कुष्माका २४ वर्षीय सन्तोष चापागाई चढेको मोटरसाइकललाई ठक्कर दिएको हो ।
मुस्ताङचोकदेखि शहीदचोकस्थित कार्यालयतर्फ जाँदै गरेको जिससको बा १ झ ७२४५ नम्बरको सरकारी गाडीले रत्नचोकदेखि ड्यामसाइतर्फ जाँदै गरेको चापागाईँ चढेको ग ७ प ८८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
राष्ट्र बैंकचोकको चौबाटोमै भएको सो दुर्घटनामा पोखराको रत्नचोकस्थि सीजी हार्डवयरमा कार्यरत चापागाईँको बायाँ खुट्टामा गम्भीर चोट लागेको छ । घाइतेको उपचारार्थ अस्पताल लगिएको प्रहरीले जनायो । सो दुर्घटनामा गाडी चालकले समयमै ब्रेक हानेकोले सम्भावित अझ ठूलो क्षति टरेको प्रत्यक्षदर्शीले जनाए ।