राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न नेकपा अध्यक्ष दाहालसहित अन्य नेता शितल निवासमा

राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न नेकपा अध्यक्ष दाहालसहित अन्य नेता शितल निवासमा

काठमाडौं – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपाल शितल निवासमा पुगेका छन् ।

रा, वरिष्ठ नेताहरू खनाल र नेपाल शितल निवासमा पुगेका हुन् ।

नेताहरु बामदेव गौतम र नारायणकाजी सहितको टोली पनि राष्ट्रपतिलाई भेट्न आइतबार बिहान ११ बजेतिर शितल निवास पुगेको स्रोतले बतायो ।

पछिल्लो समय सत्तारुढ नेकपाभित्रको विवाद उत्कर्षमा पुगेपछि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागिरहेका नेताहरू राष्ट्रपति भण्डारीलाई भेट्न शितल निवास गएका हुन् ।

यसअघि शनिबार साँझ प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग पनि छलफल गरेका थिए ।

राष्ट्रपतिसँग छलफल गरेर फर्किएपछि बालुवाटारमा उनले मन्त्री र राज्यमन्त्रीहरूसँग राष्ट्रपतिमाथि महाअभियोग लगाउने षडयन्त्र भइरहेको बताएका थिए ।

प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई कित्ता क्लियर गर्न पनि निर्देशन दिएका छन् ।

सम्बन्धित खवर