मोटरसाइकलको ठक्करबाट वडाध्यक्ष घाइते

मोटरसाइकलको ठक्करबाट वडाध्यक्ष घाइते

तुलसीपुर: मोटरसाइकलको ठक्करबाट तुलसीपुर उपमहानगरपालिका – ५ का वडाध्यक्ष वीरेन्द्र शाह घाइते हुनुभएको छ। शाहलाई आज बिहान करीब ९ बजे आफ्नै घर अगाडि रा५प ५५३ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो।
शाहलाई सिटी अस्पताल तुलसीपुरमा उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्रडम्बर पालले जानकारी दिए।

शाहकोे खुट्टामा गम्भीर चोट लागेको प्रहरीले बताएको छ। मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सम्बन्धित खवर