अछाम जिल्लामा सूचना प्रवाहमा स्वास्थ्य सञ्चार समूह प्रभावकारी बन्दै गएको छ । स्वास्थ्य कार्यालय अछामद्वारा प्रवाह गरिने आम नागरिकको चासोको विषय बनेका सूचना देखि कार्यक्रमहरूको बारेमा जिल्ला स्थित पत्रकारलाई समाचार संकलनमा प्रभावकारी बन्दै गएको छ ।

बिषेश गरि हाल जिल्लामा कोरोनाले उत्पन्न पारेको बिषम परिस्थितिमा जिल्लामा संक्रमितको संख्या दिनहु बढ्दै गइरहँदा आम नागरिकलाई सूचना प्रवाह खटिरहेका जिल्ला स्थित पत्रकारलाई समाचार संकलन निकै उपयोगी देखिएको छ ।

हालको बिषम परिस्थितिमा जिल्लामा कोरोना संक्रमितको सङ्ख्या देखि उनीहरुको अवस्था सम्म सबै एकैसाथ पत्रकारलाई समाचार संकलन गर्न निरन्तर रुपमा स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुंगाना र सूचना अधिकारी देव जोशी सहयोग गरि राख्नु भएको छ ।

बिषेश गरि कोरोनाको बिषयमा अछाम जिल्लामा कुनै नयाँ संक्रमित फेला परेका छन् भने तुरुन्तै स्वास्थ्य कार्यालय अछामद्वारा सञ्चालित स्वास्थ्य संचार समूहमा आधिकारिक ब्याक्ती बाटै तुरुन्तै सूचना प्रवाह गरिने हुँदा पटक पटक पत्रकारहरूले फोन गरेर जानकारी लिनुपर्ने अवस्था निकै कमी आएको छ ।