कञ्चनपुरको पुनर्वासमा ट्याङ्करकाे ठक्करबाट एककाे मृत्यु, स्थानियद्वारा दुई ट्याङ्करमा आगजनि

कञ्चनपुरको पुनर्वासमा ट्याङ्करकाे ठक्करबाट एककाे मृत्यु, स्थानियद्वारा दुई ट्याङ्करमा आगजनि

कञ्चनपुर जिल्लाकाे दक्षिणी क्षेत्र पुनर्वास नगरपालिका १ बलभद्रबस्तीमा पानी ट्याङ्करकाे ठक्कर बाट माेटरसाईकलमा सवार एकजनाकाे ज्यान गएकाे छ। भने अर्का एक घाईते भएका छन।
पानी ट्याङ्करकाे ठक्करबाट पुनर्वास न.पा.७ च गाउँका ३८ बर्षिय लाेकेन्द्र सिँह ठकुरीकाे घटना स्थलमै मृत्यु भएकाे हाे । माेटर साईकलमा पछाडी बस्ने साेहि ठाउँका १२ बर्षिय प्रदिप तामाङ्ग घाईते भएका छन । उनकाे टाउकाे, हतकाे कुहिना र खुट्टामा चाेट लागेकाे छ। घाइतेको उपचार नजिकैको पुनर्वास पोलिक्लिनिक आई बि आर डी मा भईरहेको छ । निज घाइते को अवस्था सामान्य रहेको जनाएको छ ।

घटना पछि आक्राेशित स्थानियले दाेषीलाई तत्काल कार्बाहि गर्न र उचित क्षतिपुर्ति दिनुपर्ने माग गर्दै शर्मा राजेन्द्र जे बी प्रा लि का दुई वटा ट्याङ्करमा आगजनी गर्नुका साथै १ ट्याङ्कर समेत तोडफोड गरेको छ। से १ क १७४ र ब १ क ५७८४ नम्बरकाे पानी ट्याङ्करमा आगजनी गरेका छन । आगजनी बाट पानी ट्याङ्कर पूर्ण रूपले जलेर नष्ट भएकाे छ ।

अहिले डोकेबजार – बेलौरी हुलाकी सडक पुर्ण रुपमा ठप्प बनेको छ … निर्माणमा जुटेका सवारी साधनमा आक्रोशित भिड दुवरा तोडफोड र आगजनी गरी टिप्पर अतक बन्द गर…. मान्छे मार्न पाईदैन…. मृतक परिवारलाई उचित क्षतिपूर्तिको माग राख्दै नाराजुलुस गरिरहेका छन् ।

से ४ प ६४२६ नम्बरकाे माटेरसाईकलमा आफन्त कहाँ जादै गर्दा बिपरित दिशाबाट आउदै गरेकाे पानी ट्याङ्करले माेटरसाईकलमा ठाेककाईएको र ब्याक गरी मारेको स्थानियले आरोप लगाएको छ छन । दुर्घटना पछि ट्याङ्कर चालक फरार रहेकाे ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरिक्षक वकिल बहादुर सिँहले बताउनु भयाे ।

आक्राेशित स्थाननियहरूले चालकलाई कार्बाहि गरि उचित क्षतिपूर्ति नदिदा सम्म मृतकको लास उठाउन नदिने अडान लिएका छन। अहिले स्थिति लाई नियन्त्रण गर्न थप सुरक्षाकर्मी परिचालन गरिएको थियो।

सम्बन्धित खवर