बिबेक शर्मा, १९ असार
हतियार देखाएर मोटरसाईकल लुट्ने दुई जना लुटेरालाई रौतहट प्रहरीले पक्राउ गरेको हो । रौतहटमा गएराती अपराधिक समूहले हतियार देखाएर मोटरसाइकल लुटेर राखेको बेला घट्ना स्थलमै देवाही गिनाहीका ईन्स्पेक्टर मेदनी साहको टोलीले रङ्गेहात पक्राउ गरेका छन ।
जिल्लाको मौलापुर देवाही बीचको लालबकैया नदि पुलछेउमा २ जनाको समूहले बिहिवार साँझ ८ः३० बजे हतियार देखाई मोटरसाइकल लुटेको हो । उनीहरु त्यहाँ पहिले देखिनै पल्सर मोटरसाइकलमा घात लगाई बसेका थिए ।
बाराको महागढिमाई नपा ४ दहियारका २१ वर्षीय सुनिल साह लगन लिएर कटहरिया गइरहेका बेला उनी चढेको सुपर स्प्लेन्डर औनटेस्ट मोटरसाइकल लुटिएको उनले बताए । सो क्रममा लुटेराहरुले हातपात समेत गरेको पीडित सुनिलले बताए । घटनालगत्तै गएको प्रहरी टोलीले घटनास्थलबाट एउटा ग्लैमर मोटरसाइकल बेवारिसे अवस्थामा बरामद गरिको ईलाका प्रहरी कार्यालय गोनाहीका प्रमुख इन्स्पेक्टर मेदनी साहले जानकारी दिए ।
बरामद मोटरसाइकल लुटेरा समूहको हुनसक्ने बताउँदै घटनाबारे अनुसन्धान भैइरहेको उनले जानकारी दिए । उक्त घटना हुनु केहिबेर अगाडि सोही ठाउँमा मोटरसाइकल लुट्न गएका २ जना पक्राउ परेकाले दोस्रो घटनामा उनीहरुको समेत संलग्नता हुनसक्ने प्रहरीको अनुमान छ ।
यो घटनाको २ दिनअघि मात्र फतुवा बिजयपुर नपा बडहरवा टोलका अबरारुल देवानको घरबाट २२० सिसिको मोटरसाइकल चोरी भएको थियो । उक्त घटनाको अनुसन्धान भैइरहेको इलाका प्रहरी कार्यालय विजयपुरले जनाएको छ ।