रंगेली बिराटनगर सडकको दुर्दशा, बाइपास नहुँदा यात्रुलाई सास्ती

रंगेली बिराटनगर सडकको दुर्दशा, बाइपास नहुँदा यात्रुलाई सास्ती

रबिन्द्र बराल, रंगेली

मोरङको रंगेली बिराटनगर सक खण्ड अन्तर्गत हुलाकी सडक हिलाम्मे हुदा सर्वसाधारणले सास्ती पाएका छन् । केही दिन देखिको अबिरल बर्षाका कारण स्थानीयलाई आवतजावतमा समस्या परेको छ ।

गजुरमुखि मोतीदान जेभि बानेश्वरले सुनवर्षीको झिङ्गि टोल देखि रतुवाखोलाको पुल सम्म र धनपालथना गाउँपालिकाको मंगबारे देखि कटहरी सम्मको सडक निर्माण गर्ने सुरु गरेता पनि अधिकांश स्थानमा वाइपास नै छैन् । केही जिर्ण रहेका वाईपास सडकमा सुनवर्षी नगरपालिकाको झपर्तल चोक, धनपालथनाको कदमाहा चोक अत्यन्तै कष्टकर रहेको यात्रुहरु बताउँछन् ।

ठेक्केदारको लापर्वाहीका काणले गर्दा स्थानीयले दुःख पाएको र बाईपास बाटो समेत खोला बगेपछि उक्त स्थानबाट आवत जावतमा निकै समस्या परेको मारुती चालक दिपेन मण्डलले बताए । सो हुलाकी सडक निर्माण गर्ने क्रममा बाईपास बाटो समेत राम्रो नहुँदा ठुला तथा साना सवारीसाधन साईकल, मोटरसाईकल तथा पैदल यात्रीहरुलाई आवत जावत गर्दा निकै समस्या पर्ने गरेको छ ।

गजुरमुखी मोतीदन जेभि बानेश्वरका कन्ट्याक मेनेजर राजेश बोहराका अनुसार बाईपास बाटो बनाएता पनि उक्त सडक हिलाम्मे भएको कुरा बोहोरा स्वीकारछन् । बोहोराले अधिकांश कलभर्टहरु निर्माण सम्पन्न हुने तयारीमा रहेकाले केही दिनमा नै सञ्चालनमा आउने बताए ।

सम्बन्धित खवर