राष्ट्रिय कलेज सुखडका प्रमुख भण्डारी माथि भएको घटनाको बिज्ञप्ती मार्फत बिरोध

राष्ट्रिय कलेज सुखडका प्रमुख भण्डारी माथि भएको घटनाको बिज्ञप्ती मार्फत बिरोध

१९ असार, कैलाली
कैलालीको घोडाघोडी नगरपालिका १ सुखडमा रहेको राष्ट्रिय कलेज सुखडका प्रमुख कर्ण भण्डारी माथि भएको घटनाको बिज्ञप्ती मार्फत बिरोध गरिएको छ । असार १५ गते क्याम्पस प्रमुख भण्डारी माथि क्याम्पसकै सहायक लेखापाल बिष्णु प्रसाद बि.क.ले क्याम्पस प्रमुखको कार्यकक्षमा गरेको दुव्र्यबहार प्रती क्यम्पस ब्यबस्थापन समिती, प्राध्यापक संघ र स्वतन्त्र बिधार्थि युनियनले छुटटा छुटटै बिज्ञप्ती मार्फत बिरोध गरेका छन । क्यम्पस ब्यबस्थापन समितीका अध्यक्ष गजेन्द्र अर्याल द्धारा हस्तक्षरीत बिज्ञप्तीमा क्याम्पस प्रमुख भण्डारी माथि सहायक लेखापाल बिष्णु प्रसाद बि.क.ले अपशब्द प्रयोग गदै दुव्र्यबहार गरेकाले कार्यालयको मर्यादा र अनुशासन बिपरीत काम भएको हुदा सो घटनाको निन्दा र भत्र्सना गरेको उल्लेख गरिएको छ । त्यस्तै नेपाल प्राध्यापक संघ राष्ट्रिय कलेजका अध्यक्ष प्रभात बोगटी र स्वतन्त्र बिधार्थि युनियनका सभापती बाल किसन चौधरी द्धारा हस्ताक्षरीत बिज्ञप्तीमा पनि घटनाको घोर बिरोध गदै खेद प्रकट गरिएको छ ।

सम्बन्धित खवर