गण्डकी प्रदेशमा थप ३२ जना संक्रमित , संक्रमितको संख्या १ हजार ६३ पुग्याे

गण्डकी प्रदेशमा थप ३२ जना संक्रमित , संक्रमितको संख्या १ हजार ६३ पुग्याे

पाेखरा : गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६३ पुगेको छ ।

प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवन गरिएको परिक्षणमा गण्डकी प्रदेशमा शुक्रबार बिहान ३२ जना संक्रमित थपिएका छन् ।

नवलपुरमा १९ जना, तनहुँमा ९ जना, पर्वतमा ३ र बागलुङमा थप १ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ

सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ |

सम्बन्धित खवर