सिरहामा जनमत पार्टी द्वारा नागरिता विधेयक विरुद्ध भैंसी जुलुस

सिरहामा जनमत पार्टी द्वारा नागरिता विधेयक विरुद्ध भैंसी जुलुस

राजेन्द्र महतो
लहान : डाक्टर सिके राउत नेतृत्वका जनमत पार्टीका कार्यकर्ता हरुले सरकारले ल्याउन लागेको वैवाहिक अंगीकृत नागरिकता बिधेयक विरुद्ध सिरहाको औरही गाउँ पालिका -१ कुन्डलपुर र सिरहा सदरमुकाम मा भैंसी नै जुलुस मा निकाली प्रर्दशन गरेका छ्न ।

उनीहरू दर्जनौं भैंसीको जीउमा ‘नागरिकता विधेयक खारेज गर’, ‘केपी ओली मुर्दावाद’, ‘महिलालाई हेप्न पाइँदैन’ जस्ता नारा लेखेर प्रदर्शन गरेका छन। पार्टीका नेता रामकरण यादवले विधेयक मधेसविरोधी भएकाले विरोधस्वरुप भैंसी जुलुस निकालिएको पार्टीका नेता रामकरण यादवले बताएका छन।

ओली सरकारलाई ‘भैंसी सरकार’को संज्ञा दिँदै विधेयक खारेज नगरे मधेसभर कडा आन्दोलन गरिने उनले बताएका छन। नेकपाको निर्णयपश्चात् सरकारले ल्याएको नागरिकता संशोधन विधेयकमा नेपालीसँग विवाह गर्ने विदेशी महिलाले सात वर्षपछि अंगीकृत नागरिकता पाउने प्रावधान छ ।

सो प्रावधान मधेसविरोधी रहेको भन्दै जनमत पार्टी, जनता समाजवादी पार्टी र नेपाली कांग्रेसले विरोध गर्दै आएका छन।

सम्बन्धित खवर