रौतहट प्रहरी द्वारा ८ लाख बराबरको मदिरा नियन्त्रमा

रौतहट प्रहरी द्वारा ८ लाख बराबरको मदिरा नियन्त्रमा

विवेक शर्मा, १८ असार रौतहट
रौतहट प्रहरीले ८ लाख भन्दा बढीको मदिरा सहित एक जनालाई नियन्त्रणमा लिएको छ । जिल्लाको दक्षिण पश्चिम भागमा पर्ने राजपुरबाट मठिया हुँदै ना ५ त २५५८ नम्बरको ट्याक्टरमा ८ लाख ५२ हजार बराबरको विभिन्न ब्राण्डको मदिरा भारततर्फ लगिरहेको अवस्थामा ईशनाथ नगरपालिका–३ बाट बुधवार साँझ प्रदेश २ जनकपुरबाट सादा पोषाकमा खटिएका प्रहरी र जिल्ला प्रहरी कार्यालय गौरको संयुक्त टोलीले मदिरा सहित एक जनालाई नियन्त्रणमा लिएको हा पक्राउ पर्नेमा परोहा नपा ६ का सरोज पटेल रहेको प्रहरीले बताएको छ ।बरामद सामानसहित उनलाई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइने रौतहट प्रहरी प्रमुख एसपी रविराज खडकाले जानकारी दिनुभएको छ ।

सम्बन्धित खवर