सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा ब्याज छुट गर्न आग्रह

सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा ब्याज छुट गर्न आग्रह

कैलाली : सुन्दर सुदूरपश्चिम यातायात प्रालिले लकडाउनका कारण सवारी साधन संचालन नहुदा बैंक ब्याज र किस्ता तिर्न व्यवसायीहरुलाई समस्या भएको भन्दै बैंकलाई ब्याज छुटका लागि आग्रह गरेको छ।

प्रालिका अध्यक्ष पदमराज सापकोटाले आज नेपाल राष्ट्र बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख निर्देशक निश्चल अधिकारीलाई ज्ञापनपत्र बुझाएको बताएका छन्। उनले बैंकको हसनपुरस्थित कार्यालयमा पुगेर निर्देशक अधिकारीलाई ज्ञापनपत्र बुझाउदै व्यवसायीलाई बैंकको ब्याज मिनाह र किस्तामा राहत दिन आग्रह गरिएको बताए।

ज्ञापन पत्र बुझ्दै निर्देशक अधिकारीले यातायात व्यवसायीको मागका बारेमा आफुले सक्दो सहयोगका लागि पहल गर्ने बताए। त्यस्तै प्रालिले आजै बैंकर्स एसोसिएसन सुदूरपश्चिम प्रदेशलाई समेत ज्ञापनपत्र बुझाएको छ।
चैत्र ११ गतेदेखि भएको लकडाउनका कारण सुदूरपश्चिम प्रदेशमा मात्रै ३ हजार बस व्यवसायीहरु मर्कामा परेका छन्। सार्बजनिक सवारी साधन नचल्दा त्यसैमा आश्रीत करिब १० हजार यातायात मजदुरहरुको समेत बिचल्ली भएको छ।

सम्बन्धित खवर