सुदूरपश्चिममा थपिए अहिलेसम्मकै बढी संक्रमित, एकैदिन ३४६ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा थपिए अहिलेसम्मकै बढी संक्रमित, एकैदिन ३४६ जनामा कोरोना पुष्टि

कैलाली  : सुदूरपश्चिममा आज थप तीन सय ४६ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा तीन सय २० र धनगढी प्रयोगशालामा भएको परीक्षणमा २६ गरी आज तीन सय ४६ जनामा कोरोना पुष्टि भएको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा आज कैलालीका ४० महिला र एक सय २५ पुरुष गरी एक सय ६५ जना, अछामका ५ महिला र २६ पुरुष गरी ३१ जना, बझाङका ११ महिला र २४ पुरुष गरी ३५ जना, डोटीका १० महिला र ४८ पुरुष गरी ५८ जना र कञ्चनपुरका ६ महिला र २५ पुरुष गरी ३१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए।

यस्तै धनगढीमा बिहिवार भएको परीक्षणमा ८ महिला र १८ पुरुष गरी २६ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। उनका अनुसार कैलालीको टीकापुरका १३ जना, कैलारी गाउँपालिकाका दुई जना र भजनी नगरपालिकाका दुई जनामा कोरोना पुष्टि भएको हो।

कञ्चनपुरको लालझाडी गाउँपालिकाका दुई जना र भीमदत्त नगरपालिकाका एक जना तथा अछामको साँफेवगर नगरपालिकाका ६ जनामा कोरोना पुष्टि भएको श्रेष्ठले जानकारी दिए। धनगढी प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय नौँ जनाको कोरोना परीक्षण भएको थियो। सुदूरपश्चिममा अलिहेसम्म तीन हजार बढिमा कोरोना पुष्टि भईसकेको छ भने पुष्टि भएका सात जनाको मृत्यु भएको छ। चार सय ९५ जना भने अस्पतालबाट डिस्चार्ज भएका छन्।

सम्बन्धित खवर