नेकपाको स्थायी कमिटी बैठक दुई दिनका लागि स्थगित

नेकपाको स्थायी कमिटी बैठक दुई दिनका लागि स्थगित

 

काठमाडौँ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक सकिएको छ । बैठक पर्सि शनिबार बस्ने गरी स्थगित भएको हो ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर फर्किएपछि बिहीबार दिउँसो बैठक सुरु भएको थियो । तर लगत्तै पर्सि शनिबार बिहान बस्ने गरी बैठक स्थगित भएको एक नेताले जानकारी दिनुभयो ।

बिहीबार दुई पटक बसेको स्थायी समिति बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुनुभएन ।

बैठक चलिरहेका बेला मन्त्रिपरिषद्ले संसद अधिवेशन अन्त्य गर्ने निर्णय गरेपछि केही बेरका लागि बैठक प्रभावित भएको थियो ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले बिहीबार दिउँसो संघीय संसद्को दुवै सदनको अधिवेशन अन्त्य गरेसँगै नेकपाको स्थायी कमिटी बैठक पनि प्रभावित भएको हो ।

मन्त्रिपरिषद् बैठक बस्नु प्रधानमन्त्री केपी शर्मा ओली पनि राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास जानु भएको थियो ।

सम्बन्धित खवर