सुदूरपश्चिमका अस्पतालबाट घर पठाइएका कोरोना संक्रमितले भोकै बस्नुपर्ने बाध्यता

सुदूरपश्चिमका अस्पतालबाट घर पठाइएका कोरोना संक्रमितले भोकै बस्नुपर्ने बाध्यता

धनगढी : सुदूरपश्चिम प्रदेशमा विभिन्न अस्पतालका आइसोलेसनबाट घर पठाइएका कोरोना संक्रमितहरुले खाना पनि नपाएका गुनासो गरेका छन्। कोरोना संक्रमण भएको रिर्पाेट आएको तर सन्चो भएको रिर्पाेट नआउँदै घर पठाइएपछि उनीहरुले खाना समेत नपाएको गुनासो गरेका हुन्।

कोरोना भाइरसको संक्रमण पुष्टी भएको १४ दिनमा रिर्पाेट नेगेटिभ नआउँदै घर गएका र लक्षण नभएर पनि कोरोना पुष्टि भएकाहरुले खान र बस्नको समस्या भएको गुनासो गरेका छन्। ‘सपरिवार भारतबाट आएपछि मलाई कोरोना पुष्टि भएको थियो,’ डोटीका एक जना संक्रमितले भने, ‘खाद्यान्न खरिद गरेर खान सक्ने अवस्था पनि छैन्। समाजले पनि सहयोग गरेको छैन्। हामीले छोएको रुपैँया समेत चलेको छैन्।’

भारतमा परिवार सहित बस्दै आएका धेरै संक्रमितको घरमा खाद्यान्न छैन्। कैलालीको गौरीगंगा नगरपालिकाका एक कोरोना संक्रमितले भने, ‘मेरो सबै परिवार भारतबाट आएको हो। घरमा खानका लागि केही छैन्। बजारबाट किनेर खान भारु रुपैँया चलेको छैन्।’

संक्रमण पुष्टि भएको तर लक्षण नदेखिएको भन्दै विभिन्न जिल्लाका हजार बढि संक्रमित घरमै छन्। उनीहरुसंग कोरोना पोजेटिभ आएको रिपोर्ट छ तर कोरोनाको रिर्पाेट नेगेटिभ आएको रिपोर्ट नभएकाले समाजले पनि उनीहरुलाई सहयोग गरेको छैन्। ‘कोरोना पोजेटिभ भएको रिर्पाेट दिएको छ। तर आइसोलेसनबाट लक्षण नदेखिएको भन्दै घर पठाइएको छ। हामीमा कोरोना अब बाँकी छ या  छैन्। कुनै जानकारी छैन्।’ अर्का संक्रमितले प्रदेश दैनिकलाई बताए ।

घरमा खाना र बस्नको समस्या भएपनि जनप्रतिनिधिले समेत बेवास्ता गरेको संक्रमितहरुले बताएका छन्। क्वारेन्टिनमा बसेको समयमा एक पटक परीक्षण गरिएकोमा कोरोना पोजेटिभ आएको तर अर्काे पटक परीक्षण समेत नगरी घर पठाईएपछि झनै समस्या भएको हो। तर स्थानीय तह र प्रदेश सरकार भने मौन छन्। अस्पतालमा राख्न नसकेपनि घरमै उनीहरुलाई सुरक्षित राख्न समेत वेवास्ता गरिएको छ।

सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता एवम आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादु शाहले संक्रमितका लागि राहतको कुनै कार्यक्रम प्रदेश सरकारसंग नभएको बताए। ‘संक्रतिको हेरचाहका लागि स्थानीय तहलाई निर्देशन दिएका छौ। संक्रमितलाई राहतका लागि भने कुनै कार्यक्रम छैन्। खान–बस्नको समस्या भए स्थानीय तहले सहयोग गर्नुपर्छ।’ मन्त्री शाहले प्रदेश दैनिकलाई  भने।

सम्बन्धित खवर