नेपालमा २ र ५ नम्वर प्रदेशपछि सबैभन्दा बढि संक्रमित सुदूरपश्चिममा

नेपालमा २ र ५ नम्वर प्रदेशपछि सबैभन्दा बढि संक्रमित सुदूरपश्चिममा

धनगढी : नेपालमा २ र ५ नम्वर प्रदेशपछि सबैभन्दा बढि संक्रमित सुदूरपश्चिम प्रदेशमा रहेका छन्। स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा २ र ५ नम्वर प्रदेशपछि सबैभन्दा बढि संक्रमित रहेका हुन्।

बुधवार साँझसम्म नेपालमा १४ हजार ४६ जनामा कोरोना पुष्टि भएकोमा सबैभन्दा बढि प्रदेश नम्वर २ मा तीन हजार ८ सय ५६ जनामा कोरोना देखिएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए।

‘५ नम्वर प्रदेशमा तीन हजार ८ सय ४३ जनामा कोरोना पुष्टि भएको छ भने सुदूरपश्चिम प्रदेशमा दुई हजार सात सय जनामा कोरोना पुष्टि भएको छ।’ मन्त्रालयका प्रवक्ता गौतमले भने।

कर्णाली प्रदेशमा एक हजार पाँच सय ८, गण्डकी प्रदेशमा एक हजार ५८, एक नम्वर प्रदेशमा ६ सय २३ र बाग्मती प्रदेशमा चार सय ५८ जनामा कोरोना पुष्टि भएको उनले बताए। नेपालमा ३० जना कोरोना संक्रमितको मृत्यु भएकोमा सुदूरपश्चिम प्रदेशमा भने सात जनाको मृत्यु भएको छ।

सम्बन्धित खवर