- सुबिन बिश्वकर्मा
बराहक्षेत्र / सुनसरीको बराहक्षेत्र नगरपालिकाको एक गाउमा एक किशोरीले आफुमाथी जबर्जस्ती करणी भएको बताएकी छन।
उनका अनुसार स्थानीय पुड्के राई, नगेन्द्र कन्द्वङ्वा लिम्बू, सुरज उराव, नटिया उरावले झन्डै दस महिनाअगि साझपख मेलाबाट फर्किने क्रममा मुख थुनेर बलात्कार गरेको पीडित बालिकाको भनाई छ।
१६ बर्षकि उनी कक्षा ८ मा अध्ययनरत थिइन।
उनले बताए अनुसार उनिमाथी करणी गर्ने मध्ये सुरज उराँव बाहेक ३ जना ब्यक्तिहरु आफ्नै गाउमा रहेको र आफुले देखेको अबस्थामा चिन्न सक्नेछिन।
पीडित किशोरीकि आमाका अनुसार जबर्जस्ती करणी पश्चात् आरोपित मध्यका एक नगेन्द्र कन्दङ्ग्वा सहित आफन्तहरु गाउँघरको कुरा लेनदेनबाट मिलाउन भनी आएका र पीडित परिवारले १ लाख २५ हजार बुझेपछि उक्त घटना तत्कालका लागि बन्द भएको थियो।
यद्यपि उनीहरूले पिडित परिवारलाई २ लाख ३० हजार दिने भनी सहमति भएको तर बाकी रकमका लागि खाली चेक दिएर झुक्काएको उनले बताइन। आरोपी मध्य एक नगेन्द्र कन्दङ्वाको नाममा रहेको चेक सुर्य धन लिम्बुको नाममा ७५ हजारको काटिएको छ। चक्रघट्टी स्थित सिर्जना फाइनान्समा काटिएको उक्त चेकको पैसा निकाल्न जादा खाली रहेको भन्दै उक्त खाली चेक पीडितकि आमाले देखाइन।
प्रहरी समक्ष किन जाहेरी दिनु भएन भन्ने प्रश्नमा पिडितकी आमाले भनिन, सुरुमा गाउघरको कुरा यतै मिलाउनुपर्छ भन्ने लाग्यो र पछि जानकारी गराउन खोज्दा घर आगो लगाइदिने धम्की दिएपछि डरायौ।
अब भने कुनै लालचमा नफसी आफुले उनीहरुलाई सजाय दिलाउनतर्फ कदम चाल्ने पिडित किशोरी र उनकी आमाको भनाइ छ।
स्थानीयका अनुसार सो परिवार अशिक्षित भएको हुदा यस्तो हुदा जाहेरी दिनुपर्छ भन्ने बारे सम्म अनबिज्ञ रहेको र डर, त्रास र पैसाको लालचमा जाहेरी नदिएको हुनसक्ने छ।
एक स्थानीयले आफ्नो नाम नबताउने सर्तमा भने, चार जनाले किशोरीमाथी करणी गरे तर किशोरीको परिवार पैसाको लालचामा फसेको र सहमति अनुरुप आरोपीहरुले पैसा नदिदा अबस्थाले यो रुप लिएको हो।
यसैबीच इप्रका महेन्द्रनगर चक्रघट्टीका इन्चार्ज पाण्डब राजबंशीले यस सम्बन्धमा कुनै जाहेरी नआएको जानकारी दिए। आफू यस ठाउमा नया भएकाले यसबारे जानकार नभएको अझ त्यसमाथी जाहेरी बिना प्रहरीले कुनै पनि एक्सन लिन नमिल्ने भएकाले आफुहरुले केही गर्न नसकेको बताए।
यता यस क्षेत्रका वडाअध्यक्ष फडेन्द्र भट्टराईले भने घटनाबारे आफू अनबिज्ञ रहेको बताएका छन। घटना भएको १० महिना भएपनी आफुले नसुनेको उनले स्पष्ट पारे।
जबर्जस्ती करणी पश्चातको लेनदेन, लगत्तै ३ महिनाको लकडाउनले गर्दा घटना गुपचुप हुन लागेको भएपनी किशोरीले २२ दिन अगि बच्चा जन्माएपछी घटनाले थप यस्तो रुप लिएको हो।
पीडित किशोरीले २२ दिन अगि छोरीलाई आफ्नै निवासमा जन्म दिएकी भएपनी छोरीको बाबू अझै पत्ता लागेको छैन। बाबुको ठेगान नभएपछि बच्चाको न्वारान समेत हुन नसकेको परिवार स्रोतको भनाई छ।
परिवार स्रोतका अनुसार पछिल्लो पटक आरोपित मध्यका एकले बच्चा सहित किशोरीलाई स्विकार्छु भन्दै आएको बुझिएको छ। आफुलाई स्विकार्ने ब्यक्ती समक्ष आफू जान तयार भएको पिडित बालिकाको मनाशय बुझिएको छ।