उर्लाबारीमा भेटिए पहिलो संक्रमित, प्रदेश १ मा २६ जनामा संक्रमण

उर्लाबारीमा भेटिए पहिलो संक्रमित, प्रदेश १ मा २६ जनामा संक्रमण

 

उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकामा आज पहिलो पटक एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । क्वारेन्टाईनमै बसेका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उर्लाबारीमा भेटिएका कोरोना संक्रमितका विषयमा बिस्तृत विवरण आउन बाँकी रहेको छ । यस विषयमा उर्लाबारी नगरपालिका स्वास्थ्य शाखाले बुझ्ने काम भईरहेको जनाएको छ ।

साथै प्रदेश १ मा बुधबार २६ जना कोरोना संक्रमित थपिएका छन् ।१४ जना महिला र १२ जना पुरुषमा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापामा २०, मोरङ र इलाममा २–२, सुनसरी र ताप्लेजुङमा १–१ जनामा संक्रमण देखिएको छ । झापाको मेचीनगर नगरपालिकामा ६ महिला, १ पुरुष, बुद्धशान्तिमा २ महिला र ३ पुरुष, गौरादहमा ३ महिला ४ पुरुष, गौरीगञ्जमा १ पुरुष, मोरङको उर्लाबारी र केराबारीमा १–१ पुरुष, इलामको सुर्योदयमा २ महिला, सुनसरीको इटहरीमा १ महिला र ताप्लेजुङको फुङलिङमा १ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ सय ४ जना पुगेका छन् ।

सम्बन्धित खवर