खोलामा हामफालेर बेपत्ता भएका युवा मृत अवस्थामा फेला

खोलामा हामफालेर बेपत्ता भएका युवा मृत अवस्थामा फेला

 

थलाहा खोलामा हामफालेर बेपत्ता भएका सुनसरी गढी गाउँपालिका–२ मुसहरी टोलका ४२ बर्षीय बब्लु भनिने बलराम ऋषिदेव मृत फेला परेका छन् ।

दुई दिन अगाडी आइतबार बिहान १० बजे पानीट्याङकी छेउबाट खोलामा हाम फाली बेपत्ता भएका ऋषिदेवलाई खोजतलास गर्ने क्रममा मंगलबार साढे ९ बजे मृत फेला पारिएको हो ।

प्रहरीका अनुसार उनी हाम फालेको स्थान भन्दा करिब २ किलोमिटर दक्षिण सोही खोलामा जीलेवीको रुखमा अड्किरहेको अवस्थामा मृत फेला परेका थिए ।
ईलाका प्रहरी कार्यालय दुहवीले मृतकको कानूनी प्रकृया पुरा गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाइएको छ ।

सम्बन्धित खवर