सिरहामा सशस्त्र प्रहरीका जवान मृत फेला

सिरहामा सशस्त्र प्रहरीका जवान मृत फेला

राजेन्द्र महतो,लहान

सिरहाको सिरहा नगरपालिका –१४ खिरौनास्थित सशस्त्र प्रहरीका एक जवान कुलो को डिल मा मृत फेला परेका छन् ।

सिरहा भन्सार कार्यालय माडरसँगै रहेको बोर्डर आउट पोस्टमा कार्यरत महोत्तरीको सोनमा गाउँपालिका–३ का सशस्त्र प्रहरी जवान मनोहर कु.यादव कुलोको डिलमा मृत अवस्थामा फेला परेका हुन् ।

मृतक यादव सोमबारदेखि नै बोर्डर आउट पोष्टको सम्पर्कभन्दा बाहिर रहेकाथिए।मृतक यादवको शव आज करिब दिउँसो १ बजे फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी विनोद घिमिरेले बताएका छन।
मृतकको शवको प्रकृति हेर्दा हत्या भएको देखिएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहा र सशस्त्र प्रहरी नेपाल ७ नंं गण हेडक्वार्टर सिरहाको संयुक्त टोली अनुसन्धानकालागी खटिएको डिएसपी घिमिरे ले बताएका छन।

सम्बन्धित खवर