राजेन्द्र महतो,लहान
सिरहाको भगवान गाउँपालिकाबाट प्रहरीले ३ बोरा ७५ किलो अबैध सुर्ती बरामद गरेको छ ।
प्रहरी चौकी ठाडी सिरहाबाट पैदल खटिएको गस्तीटोलीले भगवानपुर गाउँपालिका – ३ स्थित बेवारिसे अबस्थामा राखिएको अबैध सुर्ती बरामद गरेको छ। विशेष सुराकीको आधारमा भगवान पुर ३ मा बेवारिसे अवस्थामा राखिएको ३ बोरा ७५ किलो अन्दाजी मुल्य २२ हजार ५०० बराबर को अबैध सुर्ती बरामद गरेको छ ।
बरामद गरिएको सुर्ती आवश्यक कार्वाही को लागि भन्सार कार्यालय ठाडी सिरहामा पठाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका डि एस पी विनोद घिमिरे ले बताएका छ्न।