नागरिकता ऐन संशोधनको विरुद्धमा जसपा द्वारा रौतहटमा प्रदर्शन

नागरिकता ऐन संशोधनको विरुद्धमा जसपा द्वारा रौतहटमा प्रदर्शन

विवेक शर्मा, रौतहट
नागरिकता ऐन संशोधनको विरुद्धमा आज रौतहटमा जनता समाजवादी पार्टीद्वारा विरोध प्रदर्शन गरेको छ । रौतहटको सदरमुकाम गौरमा नेकपाले ल्याउन खोजेको नागरिकता विधेयक परित नगर्नको लागि विरोध प्रदर्शन गरेको छ ।
सतारुढ पार्टी नेकपाले गरेको नागरिकता विधेयक सम्बन्धी निर्णय प्रती विरोध जनाउदै आज गौरमा जनता समाजवादी पार्टीले वैवाहिक अंगिकृत नागरिकताको प्रावधानमा प्रस्तावित नागरिकता सम्बन्धी प्रावधान फिर्ता लिन माग गर्दै जनता समाजवादी पार्टी रौतहटले गौरमा विरोध प्रदर्शन गरेको छ। विरोध प्रदर्शन गर्ने कार्यक्रम गौरको मधेशि क्रान्ती चौक बाट सुरु भई र्‍यालीको सहयाताले गौर बजारको परिक्रमा गरेको थियो ।

विदेशी बुहारिलाई ७ बर्ष पछि मात्रै नागरिकता दिने प्रावधानले नेपाल भारत बिचको बेटि रोटिको सम्बन्धमा आच आउने र मधेशीलाई प्रत्यक्ष असर पर्ने भन्दै तत्काल निर्णय सच्याउन माग गरेका छन। गौर नगर का मयेर अजय गुप्ताले आफ्नै देशमा पटक पटक नेपालीको प्रमाण पेश गर्नु परेको भन्दै यस्तै अवस्था रहे आफुहरुले राष्ट्रियताको विषयमा सोच्न बाध्य हुने बताएका छन । उनले नेकपाले मधेशप्रती चरम विभेद गरिरहेको भन्दै सोही पार्टीका मधेशी नेताहरुलाई समेत आवाज उठाउन आह्वान गरेका छन।

विरोध प्रदर्शनको क्रममा प्रदेश सभासद बाबुलाल साह, फुलबाबु ,किसोरी यादव ,गौर नगरपालिकाका नगर प्रमुख अजय गुप्ता,देवाही गोनाही नगरपालिकाका नगर प्रमुख धर्मेन्द्र पटेल,गौर नगरपालिकाका उप प्रमुख किरण ठाकुर,नेता अनिल सिंह रेवान्त झा ,शेख जम्शेद ,किरन साह, कन्थ्मुनी जयसाअल ,रिना कुश्वाहा, युवा नेता राजकुमार दास लगायात सयौंको संख्यामा रहेको जसपाको कार्याकर्ताहरुले प्रदर्शन गरेका थिए ।

सम्बन्धित खवर