विश्वभर कोरोनाबाट ५ लाख ८ हजारको मृत्यु, १ करोड ४ लाख संक्रमित

विश्वभर कोरोनाबाट ५ लाख ८ हजारको मृत्यु, १ करोड ४ लाख संक्रमित

काठमाडौं :  कोरोना भाइरस( कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ८ हजार २ सय ५० पुगेको छ । साथै विश्वभर १ करोड ४ लाख १३ हजार ५ सय ५८ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।

नेपाली समयानुसार मङ्गलबार अपराह्नसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ५६ लाख ६९ हजार ५ सय ९४ जना निको भएका छन्। चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २६ लाख ८१ हजार ८ सय ११ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख २८ हजार ७ सय ८३ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा २१ लाख ८७ हजार १ सय २९ जना कोरोना भाइरस संक्रमति रहेका छन् । ८३ हजार ६ सय ७१ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ३१ लाख २९ हजार ४ सय २६ जना कोरोना भाइरस संक्रमति रहेका छन् । १ लाख ६७ हजार ६ सय २ जनाको मृत्यु भएको छ ।

युरोपमा २४ लाख २९ हजार ९ सय ५१ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९१ हजार ३८ को मृत्यु भएको छ । एसियामा २२ लाख ६० हजार ५ सय ४१ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ५५ हजार ८ सय ८४ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा ३ लाख ९६ हजार ३ सय १४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ९ हजार ९ सय १४ जनाको मृत्यु भएको छ । ओसियानामा ९ हजार ४ सय ७६ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १ सय २६ जनाको मृत्यु भएको छ ।

सम्बन्धित खवर