थप ३१६ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १३ हजार पाँच सय ६४ पुग्यो

थप ३१६ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १३ हजार पाँच सय ६४ पुग्यो

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १३  हजार पाँच सय ६४ पुगेको छ।  मंगलबार मात्र मात्र ३१६  जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या १३ हजार पाँच सय ६४ पुगेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना जित्नेको संख्या ३१ सय ९४ पुगेको छ। कोरोनाका कारण मृत्यु हुनेको संख्या भने २९ पुगेको छ।

६० जना डिस्चार्ज

नेपालमा कोरोना संक्रमणलाई जितेर मंगलबार पछिल्लो २४ घन्टामा ६० डिस्चार्ज भएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट १, आइसोलेसन सेन्टर पिपरा कोहलपुरबाट १ जना, अल्पाइन नर्सिङ सर्लाहीबाट १५, साईकृष्ण आइसोलेसन सप्तरीबाट १५, गण्डक अस्पताल पर्साबाट २, जलेश्वर अस्पतालबाट महोत्तरीका ४, कोसी अस्पतालबाट झापाका ६, मोरङका ५, पाँचथरका १, सुनसरीका २ र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट मोरङका ८ जना डिस्चार्ज भएका हुन् । हालसम्म निको हुनेको संख्या ३ हजार १९४ पुगेको छ ।

मन्त्रालयका अनुसार मंगलबारसम्म नेपालमा आरडीटी विधिबाट २ लाख ९७ हजार ८७१ नमुना परीक्षण भएका छन् । पछिल्लो २४ घन्टामा आरडीटी परीक्षण गरिएको छैन । पीसीआर विधिबाट भने हालसम्म २ लाख २८ हजार ३४१ परीक्षणहरु गरिएका छन् र २४ घन्टामा जम्मा ४ हजार ७११ परीक्षण भएका छन् ।

हालसम्म क्‍वारेन्टाइनमा रहनेको संख्या ५३ हजार ७० र आइसोलेसनमा रहनेको संख्या १० हजार ३४१ जना रहेको छ ।

सम्बन्धित खवर