चीनमा कोरोना भन्दा डरलाग्दो भाइरस फेला, महामारीको रुप लिन सक्ने खतरा

चीनमा कोरोना भन्दा डरलाग्दो भाइरस फेला, महामारीको रुप लिन सक्ने खतरा

काठमाडौं : चिनियाँ वैज्ञानिकले नयाँ भाइरस (फ्लु -रुघा ) फेला पारेका छन्। सुँगुरमा पाइएको उक्त फ्लू एकदेखि अर्को मानिसमा सजिलै सर्न सक्ने भएकोले विश्वभर महामारीको रुप लिन सक्ने वैज्ञानिकहरुले जनाएका छन् । सुँगर उद्योगमा काम गर्ने केही व्यक्ति यस भाइरसबाट संक्रमित भएको पाइएको छ । उनीहरुलाई निगरमनीमा राखि उपचार गरिदैंछ ।

वैज्ञानीक भन्छन्, ‘यसमा मानिसलाई संक्रिमत बनाउन सक्ने सबै गुणहरु रहेका छन् र यसको नजिकबाट अनुगमन गर्न जरुरी रहेको छ । यो नयाँ भाइरस भएकाले यस भाइरसप्रति मानिसमा निकै कम प्रतिरोधी क्षमता हुन सक्ने वैज्ञानिकले बताएका छन् । संसार कोरोना भाइरसबाट आक्रान्त भइरहेका बेला चिनियाँ शीर्ष वैज्ञानिकहरु नयाँ फ्लूका विषयमा चिन्तित बनेका हुन्।

सम्बन्धित खवर