कोरोना संक्रमित दर बढ्दै गएकोले साउन ७ सम्म लकडाउन थप

कोरोना संक्रमित दर बढ्दै गएकोले साउन ७ सम्म लकडाउन थप

पाेखरा : सरकारले हाल कायम रहेको खुकुलो प्रकारको लकडाउन आगामी साउन ७ गतेसम्म लम्बाउने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमणको दर बढ्दै गएकाले अहिलेलाई यही शैलीलाई सोे मितिसम्म निरन्तरता दिने निर्णय गरेको हो ।

‘स्वास्थ्य सतर्कता अपनाउन जरुरत रहेकाले यथास्थितिको लकडाउनलाई लम्ब्याइएको हो’ बैठकमा सहभागी एक मन्त्रीले बताए ।

सिनेमा हल, सपिङ मल, शैलुन, पार्लर, विद्यालयजस्ता क्षेत्रहरु अझै बन्द

सरकारले असार १ देखि लागू हुने गरी लकडाउनलाई खुकुलो बनाएपछि निजी सवारीसाधन जोरविजोर प्रणालीबाट सञ्चालन भइरहेका छन् भने सार्वजनिक सवारीसाधन तथा उद्दारबाहेकका हवाई उडान बन्द छन्।
सीमित बजार पसलहरु सञ्चालन भए पनि भीडभाड हुने सिनेमा हल, सपिङ मल, शैलुन, पार्लर, विद्यालयजस्ता क्षेत्रहरु बन्द नै छन्।

नेपालमा कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि सरकारले ११ चैतदेखि लकडाउन घोषणाको सुरुवात गरेको हो । चरणबद्धरुपमा लकडाउनको अवधि थप हुँदै गएको छ ।

नेपालमा सोमबारत्रै ४ सय ७६ जना नयाँ कोरोना भाइरस संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमित संख्या १३ हजार २ सय ४८ पुगेको छ ।

सम्बन्धित खवर