कांग्रेस नेतृ मन्धरा ढकालले  गरीन लाखौंँ रुपैयाँको भाडा  मिनाहा

कांग्रेस नेतृ मन्धरा ढकालले  गरीन लाखौंँ रुपैयाँको भाडा  मिनाहा

कास्की : नेपाली कांग्रेसकी महिला नेतृ तथा नेपाल महिला संघ पोखरा ६ कि सभापति, समाजसेवी मन्धरा ढकालले आफ्नो भाडामा दिइएको होटल र केहि भाडाका अन्य स्थलको लकडाउन अबधिको लाखौं रुपियाँको भाडा शुल्क मिनाहा गरिदिएकी छन्।

पोखरा ६ मा अवस्थित उक्त होटलको भाडा करिब साढे १ लाख रहेको र अन्य स्थलको करिब ५० हजार रहेको थियो। ३ महिनाको मिनाहा गर्दै नेतृ ढकालले अहिलेको यो बर्तमान कोरोना महामारीको समय एकले अर्कालाई सके जतिको सहयोग गर्नुपर्ने समय रहेको जनाउँदै आफुले पर्यटन ब्यवसायीको मर्म बुझेर आफ्नो होटलको भाडा मिनाहा गरिदिइएको बताइन्। साथै नेतृ ढकाल महामारी फैलिदै गए उनीहरूलाई समय अनुसार थप राहत प्याकेज दिइने बताइन।

कांग्रेस नेतृ मन्धरा ढकाल विभिन्न सामाजिक कार्यमा बर्षौँदेखी सक्रिय हुँदै आउनु भएको छ भने उहाँ पोखरा ६ कि अग्रज पर्यटन ब्यवसायी समेत हुनुहुन्छ। उहाँले पर्यटन ब्यवसायलाई लेकसाइडमा प्रभावकारी बनाउन बर्षौँदेखी अनेकौं भुमिका निभाउदै आउनुभएको छ।

सम्बन्धित खवर