अनेरास्ववियूद्वारा वृक्षरोपण

अनेरास्ववियूद्वारा वृक्षरोपण

प्रवेश विष्ट, इटहरा

जननेता मदन भण्डारीको ६९ औं जन्मदिवसका अवसरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट भातृ संगठन अनेरास्ववियूले रतुवामाईको महेन्द्र माविमा वृक्षरोपण गरेको छ ।

अनेरास्ववियू केन्द्रीय निर्वाचन आयोग अध्यक्ष भाष्कर खनालको अगुवाईमा सम्पन्न वृक्षारोपण कार्यक्रममा मोरङ जिल्ला सहसंयोजक टेकेन क्षेत्री, अनेरास्ववियू धनकुटा जिल्ला कमिटी सचिवालय सदस्य नवराज घिमिरे, महेन्द्र मोरङ क्याम्पस कमिटी सचिवालय सदस्य आशिका लम्साल लगायत अन्य विद्यार्थीका नेताहरुको उपस्थिति रहेको थियो । विद्यालयको खाली जमिनमा अनेरास्ववियूले वृक्षारोपण गरेको हो।

उक्त अवसरमा निर्वाचन अध्यक्ष खनालले संगठनले फरक फरक परिवेशमा गर्दै आएको वृक्षारोपणलाई निरन्तरता दिएको बताउनुभयो । उहाँले संविधान दिवस, गणतन्त्र दिवस लगायतका विविध अवसरमा वृक्षारोपण गरिँदै आएको पनि बताउनुभयो ।

त्यस्तै अनेरास्ववियू मोरङ सहसंयोजक टेकेन क्षेत्रीले जननेता मदन भण्डारीको ६९ औँ जन्मजयन्तीका अवसरमा आइतबार ५० वटा भन्दा बढी विरुवा रोपिएको बताउनुभयो । उहाँले रोपिएका विरुवाहरुको संरक्षण गर्नुका साथै मरेका विरुवा भएका ठाउँँमा पुनः वृक्षारोपण गरिने पनि बताउनुभयो ।

सम्बन्धित खवर