रौतहतको लाल बकैया नदिमा पौडि खेल्न गएका एक युवक वेपता

रौतहतको लाल बकैया नदिमा पौडि खेल्न गएका एक युवक वेपता

विवेक शर्मा, रौतहट

रौतहटको लालबकैया नदिमा पौडि खेल्न गएका एक युवक नदिले बगाउदा बेपता भएका छन् । रौतहट जिल्लाको पश्चिमी दक्षिणि भेगमा रहेको राजपुर नगरपालिकाको वार्ड नं. ८ का शेख कलिमको २५ वर्षिय छोरा शेख फिरोज बेपत्ता भएका हुन् ।

आइतबार दिउसो ३ बजे नदीमा पौडि खेल्ने क्रममा नदिको भेलमा बेपता भएको प्रहरीले जनाएको छ । बेपता भएका युवकसगँ पौडि खेल्न गएका अर्का एक युवकलाई प्रहरीले जिवितै उद्धार गरेको छ । उद्धार गरिएका युवक सोही ठाउँको ३० वर्षिय हजारी मिया रहेको प्रहरी जानकारी गराएको छ । हजारी मियालाई गाउँले र प्रहरीले वेपता भएको ठाउँबाट करिव ३ सय मिटर पर उद्धार गरिएको ईलाका प्रहरी कार्यालय राजपुरका प्रमुख सई दिपक गुप्ताले जानकारी दिए । सई गुप्ताको नेतृत्वमा टोली उद्धारमा खटेको थियो ।

बेपत्ता फिरोजको खोजी भइरहेको गुुप्ताले बताएका छन् । गएराती १२ बजेदेखि लगातार परिरहेको बर्षासँगै आज बिहानैदेखि लालबकैया नदीमा बाढी आएको छ । त्यसैगरी जिल्लाको पूर्वी भेगस्थित बाग्मती नदी, चाँदी खोला लगायत खोलामा पनि बहावको स्तर उच्च भएको छ ।

लगातार बर्षाका कारण सदरमुकाम गौरस्थित मुख्य बाटोमा २ फिट सम्म पानी जमेकाले कतिपय कार्यालय प्रभावित भएका छन् । बाढिका कारण आवत जावतमा समेत कठिनाई भएको छ ।

यसैबीच रौतहटका सिडिओ वाशुदेव घिमिरेले मौसमविदहरुको भनाई उदृत गर्दै एक सूचना प्रकाशित गरी अगामी ३ दिनसम्म नदी (खोला)मा पानीको स्तर बढेर बाढी आउने भएकाले सजग रहन जिल्लावासीलाई आग्रह गरेका छन् ।

सम्बन्धित खवर