रौतहटको दुईवटा पालिकाको इलाका सिल, अर्को निर्णय नआउनजेल २ वटा वडामा पनि बन्द

रौतहटको दुईवटा पालिकाको इलाका सिल, अर्को निर्णय नआउनजेल २ वटा वडामा पनि बन्द

विवेक शर्मा, रौतहट

रौतहट जिल्लाको दुईवटा पालिकाको इलाकालाई सिल गरिएको छ । रौतहटको बौधिमाई नगरपालिका तथा इशनाथ नगरपालिकालाई जिल्ला प्रशासन कार्यालय गौरले सिल गर्ने निर्णय गरेको हो ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना (कोभिड १९) को संक्रमण उक्त नगरपालिकाहरुमा देखापरेकाले जिल्ला प्रशासन कार्यालय रौतहटले आइतबार (आज) बेलुका देखि सिल गर्ने निर्णय सार्वजनिक गरेको छ ।

हिजो मात्रै रौतहटमा क्वारेटिन बाहिर ३ जना व्यक्तिमा कोरोनाको संक्रमण देखिएको थियो । उक्त नगरपालिकाको व्यक्तिहरुबाट अर्को नगरपालिकाको व्यक्तिहरुमा संक्रमणको जोखिम न्युनिकरण गर्नको लागि दुबै नगरपालिकाको नागरिकहरुलाई नगरपालिकाबाट बाहिर नजान तथा नगरपालिका बाहिरको व्यक्तिहरु नगरिपालिका भित्र आउन नपाउने गरी आइतबार देखि अर्को निर्णय वा आदेश नआए सम्मको लागि दुबै नगरपालिकाहरुलाई पुर्णरुपमा सिल गरिएको जिल्ला प्रशासन कार्यालय गौर रौतहटले सुचना जारी गरेको छ ।

संक्रमणको जोखिम कम गर्न दुबै नगरपालिकाहरुको मानिसहरुको आवत जावतमा नियन्त्रण गर्ने तथा लकडाउन गर्ने निर्णय सार्वजनिक समेत गरेको छ ।

बैधिमाई नगरपालिकाको केही कर्मचारीहरुलाई समेत कोभिड १९ को संक्रमण देखिएको हुनाले अतिआवश्किय आन्तरिक कार्य बाहेक नगरपालिका तथा नगरपालिकाको सम्पुर्ण सेवाहरु अर्को निर्णय नहुनजेल सम्मको लागि बन्द गरिएको छ । साथै बौधिमाई नगरपालिकाको पनि वार्ड न ७ र ८ को कार्यालयहरु अर्को निर्णय नआउन जेल सम्मको लागि बन्द गर्ने निर्णय जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको छ ।

सम्बन्धित खवर