सिरहामा ३२ जनाले कोरोना जितेर घर फर्के

सिरहामा ३२ जनाले कोरोना जितेर घर फर्के

राजेन्द्र महतो, लहान

सिरहाका ३२ जनाले कोरोना भाइरस (कोभिड–१९) संक्रमणलाई जितेका छन्। जिल्ला अस्पताल सिरहा र महेन्द्र गेनाई अस्थायी कोरोना अस्पतालको आईसोलेसनमा उपचाररत ३२ जना संक्रमितहरु शनिवार साँझ डिस्चार्ज भएका हुन्।

जिल्ला अस्पताल सिरहाको आइसोलेसनमा सिरहा नगरपालिकाका ७ जना, कल्याणपुर नपाका ५ जना, नरहा गाउँपालिकाका ५ जना र झापाको विर्तामोडका १ जना गरी १८ जना र महेन्द्र गेनाई अस्थायी कोरोना अस्पतालको आईसोलेसनबाट सिरहा नपाका ९ जना, बरियारपट्टी गापाका १, सुखिपुर नपाका १, गोलबजार नपाका१, विष्णुपुर गापाका १ र कर्जन्हा नपाका १ जना गरि ३२ जना कोरोना जितेर घर फर्केका हुन् ।

 

दोस्रो पटकको पिसिआर जाँचको रिर्पोट शनिवार निगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरेको अस्पतालका प्रमुख डा. सरविन्द मण्डलले बताएका छ्न् । कोरोना जितेर घर फर्किएका उनीहरु भारतको विभिन्न सहरबाट फर्किएर विभिन्न नगर पालिका तथा गाउँपालिकाहरुको क्वारेनटाइनमा बसेका थिए ।

जिल्ला अस्पतालको आइसोलेसनमा र अन्य विभिन्न स्थानमा अझै सिरहा जिल्लाभरी १ सय ५ जना कोरोना संक्रमित रहेका छन्।

सम्बन्धित खवर