थप ४६३ जनामा कोरोना संक्रमण, ७७ वटै जिल्लामा फैलियो

थप ४६३ जनामा कोरोना संक्रमण, ७७ वटै जिल्लामा फैलियो

 

कोरोनाभाइरसका चार सय ६३ जना नयाँ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले आइतबार उक्त संख्यामा संक्रमित थपिएको जानकारी दिनुभयो। विगत २४ घण्टामा २० वटा प्रयोगशालामा चार हजार नौ सय ६२ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको प्रवक्ता गौतमले जानकारी दिनुभयो।

शनिबारसम्म १२ हजार तीन सय ९ जनामा संक्रमण देखिएको थियो। अहिलेसम्म तीन हजार १३ जना कोरोना निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

कोरोना देशका ७७ जिल्लामै देखिएको छ। यसबाट अहिलेसम्म २८ जनाको मृत्यु भइसकेको छ।

सम्बन्धित खवर