किवि खेतिप्रति सिन्धुलीका किसान आकर्षित

किवि खेतिप्रति सिन्धुलीका किसान आकर्षित

सिन्धुली – सिन्धुलीमा व्यवसायीक रुपमा किवि खेती हुन थालेको छ । पहाडी जिल्लाको महाभारत क्षेत्रका किसानले व्यवसायीक किवि खेती सुरु गरेका हुन् । किविको बजार भाँउ राम्रो भएकाले किसान किवि खेती तर्फ आकर्षित भएका हुन् । किविको राम्रो संम्भावना बोकेको सिन्धुली जिल्ला भएपनि किसानले व्यवसायीक रुपमा खेती नगर्दा सिन्धुलीमा किवि उत्पादन थिएन । तर पछिल्लो समय बजारीकरणको लागि कुनै समस्या नभएपछि किसान किवि खेती तर्फ आकर्षित भएका हुन् ।

तीनपाटन गाँउपालिकास्थित बाहुनतिल्पुङका गुञ्जबहादुर देवकोटाले व्यवसायीक किवि खेती सुरु गरेको झन्डै पाँच बर्ष भइसकेको छ । यस क्षेत्रमा किविको संम्भावना राम्रो भएकाले किवि खेती सुरु गर्न किसान हौसिएका हुन् । हाम्रो पहाडी क्षेत्रतिर किविको उत्पादन राम्रो हुन्छ, देवकोटाले भन्नु भयो,“ त्यसैले व्यवसायीक किवि खेती सुरुवात गरेको छु ।” उहाँले किविको बजार भाउ समेत आकर्षक भएको बताउनु भयो । प्रतिकेजी पाँच सय रुपैया सम्म किविको बजार भाउ रहेको किसान बताउछन् ।

उत्पादित किविलाई हालसम्म बजारको कुनै समस्या छैन । हामीले उत्पादन गरेको किवि गाँउमै विक्रि वितरण हुन्छ, देवकोटाले भन्नु भयो,“ हालसम्म बजार खोज्दै जानुपर्ने अवस्था छैन ।” किविको उपभोग गर्दा स्वास्थ्यमा सकरात्मक प्रभाव पर्ने भएकाले धेरैले किवि खाने गरेकको किसान बताउछन् । स्वास्थ्यका लागि किवि फल धेरै राम्रो हो, उहाँले भन्नु भयो, “मानिसहरु चाख्नकै लागि भएपनि किवि किन्छन्, त्यसैले बजारको कुनै समस्या छैन ।”

सोही क्षेत्रका जितबहादुर तामाङ पनि किविको व्यवसायीक खेती सुरु गरेको बताउनु हुन्छ । रोपेको तीन बर्षमा फल दिन सुरु गरेको छ, जितबहादुरले भन्नु भयो, “एउटा बोटमा पाँच केजीसम्म फल्ने देखिएको छ ।” उहाँले आफ्नो बारीमा ५० बढी किविको बोट भएको बताउनु भयो ।

किवि उत्पादन गर्ने किसान जिल्लामा धेरै नहुँदा किविको महत्वनै बढेको छ । जिल्लाको बाहुनतिल्पुङ, महादेवडाडा, रतनचुरा, रत्नावती, तोश्रामखोला जलकन्या मझुवा लगायतका महाभारत क्षेत्रका साविकका गाविसमा किविको व्यवसायीक खेतीगर्न सकिन्छ । तथापी किविको व्यवसायीक खेतीगर्ने किसान धेरै नभएको कृषि ज्ञान केन्द्र सिन्धुलीले जनाएको छ । तीनपाटन गाँउपालिकाले किवि खेतीगर्नका लागि किसानलाई प्रोत्साहन गर्ने जनाएको छ ।

सुनकोसी गाँउपालिका ७ का किसान समेत किवि खेतीमा आकर्षित भएका छन् । हामी ३० जना कृषकले व्यवसायीक किवि खेतीगर्नका लागि गाँउपालिकाले कृषकलाई किविको बेर्ना दिएको छ, स्थानिय रत्न घलानले भन्नु भयो, “हामी व्यवसायीक रुपमा किवि खेती गर्दैछौ ।”

सुनकोसी गाँउपालिका अध्यक्ष दिपा बोहोराले पहाडी क्षेत्रमा किविको सम्भावना राम्रो भएकाले किविलाई व्यवसायीक खेती गर्न सुरु भएको जनाउनु भयो । किविको मुल्य राम्रो छ, यसका साथै किविले पर्यटकलाई समेत आकर्षित गर्छ त्यसैले किविलाई व्यवसायीकता दिन लागेका हौ, उहाँले भन्नु भयो ।

समुद्रिक सतहबाट १४ सय देखि १८ सय सम्मको उचाईमा यो खेती उपयुक्त हुने किसान बताउछन् । सुरुवाती चरणमा तीन चार सय रुपैया प्रतिकेजी विक्रि वितरण हुने गरेको भएपनि हाल मुल्य घटेको किसानको भनाई छ । फल महंगो मुल्य पर्ने भएकाले विदेशी र माथिल्लो बर्गका व्यक्तिहरुले मात्रै उपभोग गर्ने भएकाले सबैको पहुँचमा यो फल पुग्न नसकेको स्थानिय बताउछन् ।

सम्बन्धित खवर