उदयपुरमा चट्याङ लागेर एक युवकको मृत्यु

उदयपुरमा चट्याङ लागेर एक युवकको मृत्यु

 

उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिका ५ खोरिया बस्तिका १८ बर्षीय दिपेश मगरको चट्याङको आवाजले बेहोश भएर मृत्यु भएको छ ।

शनिवार दिउँसो ४ बजेको समयमा आफ्नै खेतमा काम गरिरहेको अवस्थामा नजिकै परेको चट्याङको आवाजले बेहोश भएका मगरलाई उपचारको लागी धरानको बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएकोमा उपचारको क्रममा राती पौने ८ बजे मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनएको छ ।

सम्बन्धित खवर