पोखरामा ५ सहित प्रदेशभर थपिए १६ संक्रमित , संक्रमितको संख्या ८ सय ५४ पुग्याे

पोखरामा ५ सहित प्रदेशभर थपिए १६ संक्रमित , संक्रमितको संख्या ८ सय ५४ पुग्याे

कास्की : गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नवलपुरका ६, कास्कीका ५ र स्याङ्जाका ५ जनामा शनिबार कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो । योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८ सय ५४ पुगेको छ ।

सम्बन्धित खवर