चितवन : नेपालमा कोेरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । चितवनको भरतपुर अस्पतालको आइसोलेनमा रहेका ५० वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको हो।
‘चितवन मेडिकल कलेजमा कोभिड पुष्टि भएपछि उनलाई असार ११ राति भरतपुर अस्पतालमा ल्याइएको थियो,’ भतरपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले ‘आज (शनिबार) बिहान ७ बजे उनको मृत्यु भएको हो ।
सूचना अधिकारी पौडेलका अनुसार उनी कैलालीको गोदावरी नगरपालिका–७ का बासिन्दा थिए। अहिले शव व्यवस्थापनको तयारी भइरहेको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ ।