पाेखरा : भरतपुर ५ विकासचोकमा रहेको अर्बिट स्कुलले विश्व संगीत दिवस (जुन २१) को अवसरमा अन्तर्राष्ट्रिय अनलाइन गायन प्रतियोगिता आयोजना गरेको छ ।
९ देखि २१ वर्ष उमेर समूहकाहरुको लागि आयोजना गरिएको उक्त प्रतियोगिताको नतिजा शुक्रबार जून २५ मा नतिजा प्रकाशन गरिएको छ । ५० प्रतिशत अनलाइन भोटिङ र ५० प्रतिशत आन्तरिक मूल्यांकनको आधारमा विजयीहरुको नाम सार्वजनिक भएको हो ।
९ देखि १४ वर्ष सम्म समूह अन्तर्गत वर्ष ११ का तितस दास विजयी भइन् । उनी होलीरक स्कुल, पश्चिम बङ्गाल,भारतमा कक्षा ६ मा अध्ययनरत छिन् । त्यस्तै १५ देखि २१ वर्षको उमेर समूहबाट २० वर्षीय साइरस श्रेस्ठ विजयी भए । उनी ब्राइट भिजन ल कलेज बिराटनगरमा स्नातकोत्तर अध्ययनरत छन् ।
कोभिड १९ को विश्वव्यापी महामारीका कारण जारी लकडाउनको अवस्थामा पनि विद्यालयले अनलाइन कक्षा संचालन गर्नुका अतिरिक्त विभिन्न अनलाइन प्रतियोगिताहरू आयोजना गर्दै आएको छ । विद्यालयमा अहिले पनि राष्ट्रिय सांस्कृतिक पहिरन प्रतियोगिता भईरहेको कार्यक्रम संयोजक श्री प्रदिप कुमार करले जानकारी दिए ।
अर्बिट स्कुलले एसईईपछिको अध्ययनलाई सहयोग पुग्नेगरी नि:शुल्क ब्रीजकोर्स कक्षाको तयारी गरिरहेको छ ।