नेविसंघ ला ग्रान्डीले पठायो प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

नेविसंघ ला ग्रान्डीले पठायो प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

संजय आचार्य, पोखरा

पोखरा बिश्वबिद्धालय विगत ९ महिना देखि उपकुलपति , रजिस्ट्रार लगायत महत्त्वपूर्ण पदाधिकारी बिहिन छ । यसै सन्दर्भमा नेपाल विद्यार्थी संघ ला ग्रान्डी इकाई समितिले विभिन्न रुपमा आन्दोलन तथा आवाज उठाइ रहेको छ ।

नेपाल विद्यार्थी संघ ला ग्रान्डी इकाइको निबर्तमान सभापति विनय पौडेलको नेतृत्वमा जिल्ला प्रशासन कार्यलयका प्रमुख जिल्ला अधिकारी मार्फत पोखरा बिश्वबिद्धालयका कुलपति एवं प्रधानमन्त्री तथा सह–कुलपति एवं शिक्षामन्त्रीलाई ध्यानाकर्षण पत्र पठाएका छन् ।

पौडेलको अनुसार कुल ६६ वटा स्कुल तथा कलेजहरुमा झन्डै ४० हजार भन्दा बढी विद्यार्थीहरु अध्ययन अध्यापन, अनुसन्धान, परीक्षा संचालन, परीक्षाफल प्रकाशन जस्ता विभिन्न शैक्षिक गतिविधिबाट बन्चित भएका छन् । शैक्षिक गतिविधि संचालनका लागि तत्काल पदाधीकारीहरुको नियुक्ती गर्नुपर्ने पौडेलको भनाइ छ ।

पौडेलको नेतृत्वमा नेपाल विद्यार्थी संघ ला ग्रान्डी कलेज इकाइ सभापति जीवन भण्डारी, उप–सभापति बिकल पौडेल, सचिव सस्कार कोइराला, विद्यार्थी नेताहरु सुमन सुनार, सन्तोष सिग्देल, रोशन लामिछाने, आयुश बाटाजु तथा नेपाल विद्यार्थी संघ ला ग्रान्डीको प्रभावशाली नेतृ बिनिता लामिछानेको उपस्तिथि रहेको थियो ।

प्रमुख जिल्ला अधिकारीले पत्र लिए पछी सम्बन्धित निकायमा पु¥याउने प्रतिबद्धता गर्नुभयो । उहाँले नेपाल विद्यार्थी संघ ला ग्रान्डीलाई शुभकामना पनि दिनुभयो ।

सम्बन्धित खवर