मोरङ, मोरङको बिराटनगर महानगरपालिका १८ मा पानी जमेको खाल्डोमा ढुबेर ७ वर्षीय बालकको मृत्यु भएको छ । आइसिपी भवन अगाडीको खाली खेतमा पानी जमेको खाल्डोमा डुबेर स्थानीय जयपाल मण्डलको ७ बर्षीय छोरा अंकुश मण्डलको मृत्यु भएको हो ।
बिहिवार दिउँसो साँढे ४ बजे उक्त स्थानमा रहेको पानी जमेको खाल्डोमा बालक डुबिरहेको अवस्थामा छिमेकीहरुले देखे पछि तत्काल उद्धार गरी उपचारका लागि कोशी अस्पताल बिराटनगर लगिएको थियो । अस्पताल पुर्याउनासाथ बालकको मृत्यु भएको थियो ।
घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय रानीबाट प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको इलाका प्रह्री कार्यालय रानीले जनाएको छ ।