विवेक शर्मा
राैतहट : रौतहट जिल्लको मध्य दक्षिण भागमा पर्ने माधव नारायण नगरपालिकाको चौथो नगर सभा पुरै बहुमतको साथमा सम्पन्न भएको छ ।यश नगर सभाबाट स्थानीय तह सञ्चालन समन्विध केही एन पारित भएको छ। उक्त नगर सभा नगर प्रमुख बिरेन्द्र प्रसाद यादबको अध्यक्षतामा सप्पन्न भएको छ।
माधव नारायण नगरपालिकाका नगर प्रमुख बिरेन्द्र प्रसाद यादबको सभापतित्वमा आयोजित कार्यक्रममा नगरसभाका सल्लाहकार, नगर उप प्रमुख, वडा वडाध्यक्ष तथा कार्यपालिका सदस्य, प्रमुख प्रशासकिय अधिकृत प्रलाव कायस्थ लगाएत नगरपालिकाका कर्मचारी, नगरवासीहरुको उपस्थितमा नगरसभाको सफल्ताको शुभकामना दिदै नगर विकासमा ध्यान केन्द्रित गर्न जनप्रतिनिधिहरुलाई आग्रह गरेका थिए ।
माधवनारायण नगरपालिकाको चौथो नगरसभा आज शान्तिपूर्वक एवं मर्यादित ढंगले सम्पन्न भएको छ । नगर सभामा नगर प्रमुख विरेन्द्र प्रसाद यादवले चालू आर्थिक वर्ष २०७७/०७८”को लागि ६१ करोड, ६० लाख, ८३ हजार, ६६० रुपैयाँ बजेट प्रस्तुत गर्नु भएको छ ।