कास्की : कोरोना भाईरसको संक्रमणबाट मृत व्यक्तिको शव गाडन नदिन भन्दै पोखरा महानगरपालिका वडा नं. ३२ का स्थानियले टायर बालेर विरोध प्रर्दशन गरेका छन ।
कोरोनाका कारण पोखरामा मृत्यू भएको व्यक्तिको शव वडा को तल्लो गगनगौंडा क्षेत्रमा पर्ने लामतरा स्थित सेती नदि किनारमा शव गाड्नका लागि जेसिभि लगेर खाल्डो खन्दै गरेको स्थानियले थाहा पाएपछि उनीहरुले उक्त घाट क्षेत्रमा जाने बाटोमा अवरोध गरी टायर बालेर विरोध प्रर्दशन गरेका हुन ।
कोरोना महामारीको जोखिम वढिरहेका बेला अन्य क्षेत्रका मानिसको शव आफ्नो क्षेत्रमा ल्याएर गाड्न लागिएको र यसले स्थानियस्तरमा कोरोनाको त्रास वढेको भन्दै कुनै पनि हालतमा आफ्नो क्षेत्रमा शव गाड्न नदिने अडान स्थानियको छ ।
खाल्डो खनिएको ठाउँ र जेसिभिको सुरक्षाको लागि प्रहरी खटिएको छ भने उक्त ठाउँमा जान स्थानियलाई रोक लगाईएको छ । आन्दोलित स्थानियहरुले राजमार्ग नजिकै घाटतर्फ जाने बाटो अवरोध गरी प्रर्दशन गरिरहेका छन ।