कास्की : नेपाल विद्यार्थी संघ कास्कीले प्याब्सन र एनप्याब्सन कास्कीलाई समसामयिक बिषयलाई ध्यानाकर्षण गर्दै ज्ञापन पत्र बुझाएको छ।
ने.वि. संघ कास्कीले शैक्षिक संस्था बन्द रहेको समयको विद्यार्थी शुल्क नलिन, अनलाइन कक्षाका नाममा वा अन्य कुनै पनि बहानामा शुल्क नउठाउन र विद्यार्थीको नयाँ भर्ना सुरु नगर्न लगायतका बिषयलाई केन्द्रीत गर्दै प्याब्सन र एनप्याब्सन कास्कीका अध्यक्षलाई ज्ञापन पत्र बुझाएको ने.वि. संघ कास्कीका नेता बिपिन पौडेलले बताए।
उक्त कार्यक्रम ने.वि. संघ कास्कीका नि बर्तमान सभापति बिकास थापाको नेतृत्वमा भएको थियो भने कार्यक्रममा सचिब संघर्ष कोइराला, प्रभावशाली नेता सागर रानाभाट, पोखरा बिश्वबिद्धालयका इकाइ सभापति फिरोज सुवेदी, पोखरा इन्जिनियर कलेजका इकाइ सभापति टेनिस श्रेष्ठ लगायत सहभागी रहेका थिए।
ने.वि. संघ कास्कीका नि बर्तमान सभापति बिकास थापाले ने.वि. संघ कास्कीले प्याब्सन र एनप्याब्सन कास्कीकाअध्यक्षलाई बिज्ञप्ति मार्फत शैक्षिक संस्था बन्द रहेको समयको विद्यार्थी शुल्क नलिन, अनलाइन कक्षाका नाममा वा अन्य कुनै पनि बहानामा शुल्क नउठाउन र विद्यार्थीको नयाँ भर्ना सुरु नगर्न आफुहरुले अपिल गरेको जनाए। साथै थापाले यदि प्याब्सन र एनप्याब्सनले विद्यार्थी शुल्क उठाए, अनलाइन कक्षा वा कुनै बहानामा शुल्क उठाए र तत्काल भर्नाको कार्य अगाडि बढाए ने.वि. संघ कास्कीले त्यस कार्यको प्रतिवाद गर्ने र सिर्जित समस्याको जिम्मा स्वयं प्याब्सन र एनप्याब्सनले लिनुपर्ने जनाए।