असारे विकास, कालोपत्रे पिच उक्काउदै नयाँ बनाउदै

असारे विकास, कालोपत्रे पिच उक्काउदै नयाँ बनाउदै

पथरी, असारे विकासमा पहुचवालाको रजाँइ हुनेगरेको छ । आफ्नो पहुचकै आधारमा कालोपत्रै बाटो उप्काएर फेरि त्यही कालोपत्रे गर्ने तयारी पथरी बजारमा थालिएको छ ।

मोरङको पथरी शनिश्चरे १ को नगरपालिका लाइनमा केही सामान्य खाल्डा पर्न सुरु मात्रै भएको बाटो पुरै उप्काएर पिच गर्ने तयारी थालिएको छ । २०, ३० हजार लगानी गरेर मर्मत गरेको भए अझै १० वर्ष टिक्ने बाटो उप्काएर नयाँ पिच गर्ने तयारी भएको हो ।

नयाँ पिच गरेको ३ वर्ष पनि नवित्दै बाटो पूनः पिच गर्नका लागि प्रदेश १ को पूर्वाधार विकास कार्यालयले २९ लाख लगानी गरेको छ । सोही वडाका अन्य बाटाहरु हिड्न नसक्ने भएका भएका छन् तर बोलवालाले बजेट माग गरेपछि नगरको कार्यालय अगाडी नै लगानी गर्नुपर्ने बाध्यता आयो ।

यो योजनामा प्रदेश नं १ सरकारको पुर्वाधार विकास कार्यालय अन्तर्गतको बजेट दुरुपयोग भएको प्रष्ट हुन्छ । १ नं. प्रदेशका मुख्यमन्त्री शेरधन राईका जनसम्पर्क सल्लाहकार राम कुमार बस्नेतको पहुचकै आधारमा नगरपालिकाको कार्यालय अगाडीको २ वर्ष अघि मात्र वनेको सडक पुनः कालोपत्रे गर्न थालिएको छ । हुदा छदाका कालोपत्रे सडकलाई भत्काएर पुनः कालोपत्रे गर्न थालेपछि १ नं. वडाकै वडावासी भने आक्रोशित बनेका छन् । वजारका ति सडक कालोपत्रे बन्दा वजार भित्रका सवै राजनितीक दलका स्थानिय नेता कार्यकर्ता भने ‘तै चुप मै चुप’ को अवस्थामा छन् । उनीहरुको भित्री स्वार्थ छ ‘काले काले मिलेर खाउ भाले’ ।

बस्नेतले आफ्नो गृहनगरमा बजेट ल्याएका हुन् । पथरी शनिश्चरे नगरपालिका वडा नं. १, पथरी बजार स्थायी निवासी बस्नेतले सरकारको चालू आर्थिक वर्षको असारे बजेट ल्याएका हुन् । वजेटलाई सहि स्थानमा सदुपयोग गर्नु भन्दा पनि वस्नेतले आफ्नै घर अघिको बाटोलाई कालोपत्रे भत्काएर पुनः कालोपत्रे गर्न थालेपछि नगरवासी बजेटको दुरुपयोग भएको बताउछन् । अचम्म त के छ भने हरेक आयोजनाको सुचना वोड अनिवार्य भनिएपनि यो सडक कालोपत्रेको कुनै सुचना पाटी टाँसिएको छैन् ।

प्रदेश नम्वर १ को पुर्वाधार विकास कार्यालयका इन्जिनियर याम प्रधान भने असपाल्ट प्रबिधीको नयाँ कालो पत्रे हुन लागेको बताउछन् । प्रधानले आफुलाई सवै कुरा थाह नभएको बताए पनि वडा नम्वर १ को कार्यालय र रामकुमार बस्नेतको सिफारिस गरेकै आधारमा सो सडक पुर्ननिर्माणका लागि बजेट विनियोजन गरिएको पुर्वाधार विकास कार्यालयका निर्देशक शुशिल श्रेष्ठ बताउछन् । श्रेष्ठले इन्जिनियर याम प्रधानले बाटोको अनुगम गरेको र बनाउनै पर्ने भएका कारण योजना अधि बढेको बताए । श्रेष्ठलाई नै योजनाका बरेमा थाहा नभएका कारण प्रधानलाई सोधी योजनाका बारेमा बताए । श्रेष्ठले सो सडक मर्मतका लागि पुर्वाधार विकास कार्यालयले २९ लाख र स्थानिय उपभोक्ताको ५ लाख ९१ हजार लगानी भएको बताएका छन् ।

बस्नेतको जस्तै प्रदेश सभाषद सुयर्माराज राईको पहलमा पथरी शनिश्चरे नगरका ३ वटा बाटोमा समेत सो कार्यालयले लगानी गरेको छ । पथरी शनिश्चरे ८ को मिलनचौक सोमवारे सडक, मनोमोहन गान्धी सडक र सिहवाहिनी मावी जोडने मार्गको ग्रावेल कार्य समेत थालिएको छ ।

नगरपालिका अगाडीको योजना यादव चन्द्र दुलाल अध्यक्ष र दुर्गा प्रसाद भटराई सचिव रहेको उपभोक्ता समिती बनेको पुर्वाधार विकास कार्यालयका निर्देशक शुशिल श्रेष्ठ बताउछन् ।

दुलाल उद्योग वाणिज्य संघ पथरीका उपाध्यक्ष हुन भने भटराई काग्रेस नगर सचिव समेत रहेका छन् । झिना मसिना कुरामा समेत आवाज उठाउदै आएको प्रतिपक्षी नेपाली कांग्रेस पनि यो योजनामा चुइक्क बोल्ने अवस्थामा छैन् । योजनालाई टालटुल गर्नका लागि उपभोक्ता समितिको सचिवमा नेपाली कांग्रेसका नगर सचिव दुर्गा प्रसाद भट्टराईलाई राखिएको छ । नगर सचिव नै योजनाको सचिव भएपछि कांग्रेसलाई पनि योजना देखेपनि नदेखेझै गर्नु परेको छ । योजनाका बारेमा संक्षिप्त जानकारी दिदै भट्टराई योजना असार १५ सम्ममा सक्नुपर्ने भएकाले काम धमाधम भइरहेको जानकारी दिए ।

बस्नेतको पहलमा आएको बजेटबाट कुनै सार्वजनिक सूचना बिना नै आफ्नो घरअघि सम्मको छँदाखँदाको राम्रो बाटो बिगारेर बनाउन लागेका हुन् । लक डाउनको मौका छोपी ल्याइएको यो बजेटको प्रयोगका सन्दर्भमा एकबेलामा मात्र पसल र व्यवसाय गर्न पाएका स्थानीय व्यापारी–व्यवसायीहरू समेत सन्तुष्ट देखिँदैनन् ।

सम्बन्धित खवर